काठमाडौँ । बैकहरुबाट जोगिएन भने कति बेला सर्वस्व बनाउने हुन् कुनै ठेगान छैन । महालक्ष्मी बिकास बैंकले अहिले यसै गरेको छ ।

राम्रो नियत लिएर उद्यम गर्छु भन्दै ऋण लिन पुग्यो भने नागरिकलाई बैकले रित्तो हात पठाउँछ । तर ठगि गरेर कुम्ल्याउन भने दिनरात लागिरहेको छ । यो बैकले यसै गरेको छ । ठग्नपनि यसरी ठगियो की सुन्दा सबैको निन्द्रा हराउँछ ।

धर्मभक्त राई र भीम बहादुर विश्वकर्मा देवानन्द राईको सुन पसलमा काम गर्ने कामदार मात्र हुन् । उनीहरुले अहिलेसम्म महालक्ष्मी बिकास बैंक नै देखेका छैनन् । बैकमा उनीहरु आफै गएर खाता खोलेकै छैनन् ।

तर उनीहरुलाई एकाएक करोडौं रुपैयाँ ऋण तिर्न आउनु भनी सूचना पठाइयो । सूचना मात्र पठाइएन बारम्बार ताकेता गर्न थालियो । यो खबरले उनीहरु छानाबाट खसे जस्तै भयो ।

उनीहरुका नाममा महालक्ष्मी बिकास बैंकमा लाखौँको ऋण रहेछ । महालक्ष्मी बिकास बैंक लिमिटेड नै नदेखेका उनीहरुका नाममा करोडौंको ऋण कसरी भयो त ?

यो काम बैक कर्मचारी नमिलि हुनै सक्दैन । जबकी राम्रो काम गर्न ऋण माग्न जाँदा अनेकौँ धितो र कागजी झमेला दिएर बैकले झुल्याउँछ । भनेपछि यहाँ लुटेराहरु बैकसँग साँठगाँठ गरे भने बैक जे गर्न पनि तयार हुन्छ भन्ने उदाहरण हो यो ।

बैंकबाट हुँदै नभएको सुन तमसुखमा चढाएर पूर्ण राइ र देवानन्द राइले २०७४ साल यता महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट झन्डै ७ करोड ४२ लाख रुपैयाँ ऋण लिएका रहेछन् ।

राइद्वयले आफ्नो नाममा मात्र होइन, आफुकहाँ काम गर्ने कुल ११ जना कर्मचारीहरुको नाममा पनि पटक–पटक गरी ऋण लिए । र तिनै कर्मचारीहरु मध्येका दुई उनीहरु रहेछन् ।

देवानान्द राईले ऋण नतिरेपछि यस विषयमा बैंकले छानविन सुरु गर्यो । छानविनका क्रममा धितो राखिएको सुन र तमासुखमा भनिएको सुनको हिसाबकिताब नमिलेपछि यो प्रकरण बैंकको आन्तरिक अनुसन्धान हुँदै सीआइबीसम्म पुग्यो र सीआइबीले बैंकमा ठुलो घोटाला भएको निष्कर्ष निकाल्यो । त्यसपछि सीआइबीले भकाभक मान्छे पक्रिन थाल्यो जसमा देवानन्द राईका निर्दोष कर्मचारी पनि पक्राउ परेका छन् ।

प्रहरीसँगको बयानमा देवानान्द राईले बैंकका कर्मचारीहरुकै मिलेमतोमा सो काम भएको आशय प्रस्तुत गरेपछि प्रहरीले बैंकका तत्कालीन शाखा प्रबन्धकसहितका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो ।अहिले यी दुई युवा कगजी झमेलामा परेका छन् ।

बैंकमा उनीहरुकै नाममा ऋण देखिएको छ जवकी उनीहरुका मालिकले जालसाझी गरी उनीहरुका नाममा ऋण लिएर आफैं चलाएका थिए । कानुनले उनीहरुलाई दोषी देख्ने सम्भावना ठुलो छ, जवकी उनीहरु यथार्थमा निर्दोष रहेको उनीहरुको दाबी छ ।

यसो त यो गल्ती त महालक्ष्मी बिकास बैंक हो नी । ठगसँग मिलेर बचतकर्ता र शेयर धनीको रकममा रजाई गरिएको हो । यो बैंकहरुलाई माफियाहरुले ठुलो रकम कुम्ल्याउने र सोझालाई फसाउने अखडा भन्दा केही फरक पर्दैन ।

नियामक नेपाल राष्ट्र बैंकले समेत यो बैंकले गर्ने अनेक काण्डमा आँखा चिम्लिंदा समस्या आएको जानकारहरुको तर्क छ । यो त्यही बैक हो जसमा ग्राहकले राखेको करिब २५ तोला सुन केहि समय अगाडी हराएको थियो ।

सो प्रकरण मिडियामा छताछुल्ल भएपछी बैंकले ब्राण्डीङ शीर्षकमा खर्च बुक गरेर पीडीतको सुनवापतको रकम फिर्ता गरेको थियो । यो बैंकका अध्यक्षसमेत सेयर विवादमा बसेका छन् ।

राखेको सक्कली सुन कुम्ल्याएर ग्राहकलाई नक्कली सुन थमाएको धेरै भएको छैन । यसैले यहाँ शेयर किन्ने, बचत गर्ने र लकरमा धन सुरक्षण गर्ने बेलैमा होस । पुर्याउनुहोस् । नत्र यो लुटेरा बैकले तपाईलाईपनि लुट्न बेर लगाउँदैन ।

 

सम्बन्धित खबरहरु