काठमाडौ । जोगिनुहोस् है । लुटेरा बैक उपनाम पाइसकेको एनआईसी एशिया बैंकले तपाइलाईपनि लुट्ला नी ।

कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको यो बैकले अहिले ऋणिहरुलाई ह्वात्तै ऋण व्याज दर बढाएर ढाड सेकेको छ ।

अहिले विदेशी मुद्रामा नक्कली निक्षेप राखेर कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८५ प्रतिशत बनाएको एनआईसी एशिया बैंकले निक्षेपको ब्याजदर १२५ प्रतिशतले बढाएको छ । यता ऋणिसँग भने कवुल गरेको समयभन्दा अहिले आएर व्याजदर बढाएर जनता लुट्दैछ ।

एनआईसी एशिया बैंकको असार मसान्तमा विदेशी मुद्रामा ३ अर्ब रुपैयाँ निक्षेप थियो । भदौ मसान्तमा १९ अर्ब रुपैयाँ थियो ।

२ महिनाको अवधीमा प्रणालीमा नभएको नै निक्षेप १९ अर्ब रुपैयाँ देखाएको एनआईसी एशियाले प्रणालीलाई असर गर्ने खालको निक्षेप योजना ल्याएको छ । एनआईसी एशिया बैंकले असोज मसान्तको तुलनामा कात्तिक महिनामा १२५ प्रतिशतसम्मले बढाएको सूचना जारी गरेको छ ।

एनआईसी एशिया बैंकले असोज महिनामा सबै खाले बचत खातामा ३.६० प्रतिशतसम्म ब्याजदर दिएको थियो । कात्तिक महिनामा भने १७ खाले बचत खातामा ८.१० प्रतिशत ब्याजदर दिने योजना सार्वजनिक गरेको छ ।

एनआईसी एशिया बैंकको यस्तो योजनामा न्यूनतम बचत २५ हजार हुनुपर्छ । यस्तै अर्को बचत योजनामा ६.१० प्रतिशत ब्याजदर दिने जनाएको छ ।

मुद्दती निक्षेपमा एनआईसी एशियाली बैंकले ११.१० प्रतिशत ब्याजदर दिने जनाएको छ ।

एकातिर नागरिकको पैसा कुम्ल्याउन केही समयका लागि धेरै व्याज दिने घोषणा गरेको छ । निक्षेपको ब्याजदर बढेपछि स्वतः ऋण लिनेहरु भने मर्कामा पर्ने छन् । यसैले तपाई होसियार बन्नुहोस् । ऋण लिने सोचमा हुनुहुन्छ भने यो बैकको ढोकामा नपुग्नुहोस् । तपाई ढोकादेखि नै लुटिन थाल्नुहुनेछ ।

 

सम्बन्धित खबरहरु