एजेन्सी । अमेरिकामाभयानक गोलाबारी भएको छ । उक्त घटनामा परि सात जनाको मृत्यु भएको छ ।

अमेरिकाका छुट्टा छुट्टै दुई ठाउमा भएको गोलाबारीमा परि सात जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोलीबारीको पहिलो घटना नेब्रास्काको डाउनटाउनको एउटा अन्न गोदाममा भएको थियो । जहाँ चार जनाको मृत्यु भएको जनाइएको छ ।

रिपोर्ट अनुसार एक गोदाममा काम गर्ने कामदारलाई बर्खास्त गर्दा उनले तीन जनालाई गोलाबारी गरिएको थियो ।

दुई महिला र एक पुरुषको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अर्को घटनामा मेक्सिकोको क्यारेबियन शहर तुलुमको एउटा रेस्टुरेन्टमा गोलाबारी हुँदा तीन विदेशी नागरिकको मृत्यु भएको छ ।

घटनामा अन्य तीन जना घाइते भएका छन । ड्रक्स कारोबारीका दुई समूहबीच गोलाबारी भएको उल्लेख छ । यहाँ नेपालीहरु ठूलो संख्यामा बस्छन् । नेपालीहरुको प्रमुख रोजाईको गन्तव्य नै अमेरिका हो । अहिलेसम्म यी घटनामा नेपालीमा कुनै असर परेको खबर पुष्टी हुन सकेको छैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु