काठमाडौं । एक घरबेटीले ७ वर्षीया बालिकालाई करणी गरेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा यस्तो घटना भएको हो ।

त्यहाँको नगर कोतवालीको सप्तऋषि क्षेत्रमा बस्ने ४५ वर्षीय घरबेटीले जबरजस्ति करणी गरेका हुन् । प्रहरीले घरबेटीविरुद्ध उजुरी दर्ता गरेको छ ।

जानकारी अनु्सार उनले धेरै पटक बालिकामाथि करणी गरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार सप्तऋषि क्षेत्र निवासी एक पिताको उजुरीका आधारमा घरबेटीले बालिका करणी गरेको उल्लेख छ । छोरीसँग सोधपुछ गरेपछि ति बाबुले घरबेटीको कालो कर्तुत थाहा पाएका हुन् ।

आफ्ना बाबुसँग रुदैँ बालिकाले घरमा कोही नभएको मौका छोपेर घरबेटी मुनीश्वर दासले आफुलाई करणी गर्ने गरेको कुरा बताइएकी हुन् ।

ति बालिकाका आमाबाबु बाहिर भएको मौकामा दासले यस्तो गम्भीर अपराध गर्दै आएका थिए । बालिकाको परिवारले गत शनिबार मात्रै उजुरी दर्ता गराएको थियो ।

त्यसपछि प्रहरीले आरोपी मुनीश्वर दासविरुद्ध उजुरी दर्ता गरेको हो । पीडित बालिकाको मेडिकल परीक्षण पनि भइरहेको जनाइएको छ । एसएसआई नन्द किशोर ग्वाडीका अनुसार आरोपीको खोजी हुँदैछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु