काठमाडौं । कलाकारिता क्षेत्रमा विशेष गरेर अभिनेत्रीहरु उमेर अनुसारका देखिदैँनन् । नेपालमा त्यो अवस्था कम भए पनि बलिउड, हलिउडमा खुबै चलेको छ ।

लामो समय भैसक्दा पनि विहे नगर्ने र जवान देखिरहने प्रवृति बलिउडमा पनि मौलाउदैँ गएको छ ।

अभिनेत्रीहरु विहे गरे पनि हत्तपत्त बच्चा जन्माउन मन गर्दैनन् । यस्तै लामो समय बलिउडमा बोल्ड अभिनेत्रीका रुपमा रहेकी एक नायिकाका केहि तस्विर भाइरल भइरहेका छन् ।

अभिनेत्री मल्लिका शेरावत आज अर्थात २४ अक्टूबरका दिन आफ्नो ४५औं जन्मदिन मनाउँदै छिन् । उनको जन्म भारत, हरियाणा राज्यको हिसार जिल्लाको गाउँमा एक सामान्य परिवारभित्र भएको थियो ।

सायद तपाईं जानकार नहुनु पर्छ कि मल्लिकाको वास्तविक नाम रीमा लाम्बा हो । उनले आफ्नो कलाकारिता धेरै चर्चित चलचित्र मात्रै नदिएर अन्य कामहरु पनि गरेकी छिन् ।

अभिनेत्री भन्दा पहिले उनी एयर होस्टेस का रूपमा काम गर्थिन् । मल्लिकाले सन् २००३ मा फिल्म ‘ख्वाहिश’ बाट आफ्नो बलिउड यात्रा तय गरेकी थिइन् ।

आफ्नो पहिलो फिल्ममा उनले २१ पटक चुम्बनको दृश्य गरेकी थिइन् । मल्लिका शेरावतका बोल्ड तस्विर फ्यानहरुले खुबै मन पराउछन् ।

ख्वाहिशपछि रिलीज भएको फिल्म ‘मर्द’ ले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । उक्त फिल्ममा मल्लिकाले अभिनेत्री इमरान हाशमीको साथ रोमान्स गरेकी थिइन् । आज उनको जन्मदिनको अवसरमा हामीले केहि बोल्ड तस्विर लिएर आएका छौँ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु