काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कात्तिक ५ गते शुक्रबार भने नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार गत बिहिबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य भोलिपल्ट शुक्रबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार भईरहेको छ । आज आइतबार भने ४०० ले बढेको छ ।

तेजाबी सुनको मूल्य पनि शुक्रबार प्रतितोला ९१ हजार २०० रुपैयाँ मात्र थियो ।

सम्बन्धित खबरहरु