विराटनगर । संघीय सरकार बनाउँदा एमाले र अरु दलका सांसदहरुले फ्लोरक्रस गरे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए ।

अहिले त्यही पिडा आजै नेपाली कांग्रेसमा पर्ने भएको छ । आज आइतबार बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना आएपछि फ्लोरक्रस गर्ने सूचना आएपछि कांग्रेस आत्तिएको छ ।

यो सूचनापछि बैठक नै रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन कांग्रेसले दिएको छ ।

प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धनमा तरङ्ग आएको श्रोतको दावी छ ।

कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न सक्ने दाबी देखियो । आफ्ना तीन जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सूचना आएको कांग्रेसका एक सांसदले पुष्टि गर्नुभएको छ ।

लगतै कांग्रेसले आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न सभामुखलाई आग्रह गरेको छ । मौखिक आग्रह सुनुवाइ नभएपछि कांग्रेसले लिखित निवेदन दिएको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा आउने भएका कारण बैठक रोक्न निवेदन दिएको बताउनुभएको छ । बैठक सभामुखले रोक्न सक्ने संकेत देखिन्छ । फ्लोरक्रस गरेपनि सांसद पद नजाने जस्तो अदालतको फैसलाले अब सबै सरकारमा यो पिडा भोग्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबरहरु