काठमाडौं । पछिल्ला वर्षहरुमा विश्वभर हिन्दु धर्मप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

यो बीचमा इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकर्णोकी छोरी सुकमावती सुकर्णो पुत्रीले इस्लाम धर्म त्यागेर हिन्दू धर्म ग्रहण गर्ने निर्णय गरेकी छन् । जानकारी अनुसार २६ अक्टोबरमा उनी पूजामा सामेल हुनेछिन् ।

त्यसका साथै उनले हिन्दु धर्म अपनाउने उल्लेख गरिएको छ । यो जानकारी सीएनएन इन्डोनेसियाको रिपोर्टमा दिइएको हो । कार्यक्रम मंगलबार सुकर्णो ऐतिहासिक क्षेत्रमा हुने बताइएको छ ।

सुकमावती पूर्व राष्ट्रपति सुकर्णोकी तेस्रो छोरी र पूर्व राष्ट्रपति मेगावती सुकर्णपुत्रीकी कान्छी बहिनी हुन् । ७० वर्षीया सुकमावती सुकर्णपुत्री इन्डोनेसियामा बस्दै आएकी छिन् ।

सन् २०१८ मा, कट्टरपन्थी इस्लामिक समूहहरूले उनीविरुद्ध इशनिन्दा (पैगम्बरको अपमान) को उजुरी दायर गरेको थियो ।

त्यसबेला, सुकमावतीले एउटा कविता साझा गरेकी थिइन्, जसलाई लिएर कट्टरपन्थीहरूले आफ्ना भगवानको अपमान गरेको आरोप लगाएका हुन् । उनले इस्लामको अपमान गरेको उनीहरुको भनाई थियो । त्यस घटनापछि, सुकमावतीले आफ्नो कविता को लागी माफी माग्नु परेको थियो ।

त्यसपछि पनि विवाद समाप्त भएको जस्तो लाग्दैन । उनी अक्सर आलोचनाको शिकार हुने गरेकी छिन् । इन्डोनेसियामा इस्लामका अनुयायीहरुको संख्या सबैभन्दा धेरै छ । यति मात्र होइन, इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको देश पनि हो ।

सुकमावतीले हिन्दू धर्मशास्त्रको राम्ररी अध्ययन गरेकी छिन्, सुकमावतीका अधिवक्ता भिटारियानो रेजोप्रोजोले उनी मुस्लिम धर्म छोडेर हिन्दु हुनुको कारण उनकी हजुरआमाको धर्म हो । सुकमावतीले हिन्दु धर्मबारे धेरै अध्ययन गर्नुका साथैं हिन्दू धर्मशास्त्र राम्ररी पढेकी छिन् ।

बाली यात्रामा रहँदा उनले अक्सर हिन्दु धार्मिक समारोहमा भाग लिइन् र हिन्दू धार्मिक व्यक्तिहरु संग कुराकानी पनि गर्न भ्याइन् । बाली अगुंग सिंगराजा भन्ने ठाउँमा २६ अक्टोबरमा, ‘शुद्धी वदनी’ नामक एक कार्यक्रम आयोजित गरिनेछ, जहाँ उनले हिन्दु धर्म अपनाउने छिन् ।

सो कार्यक्रममा उनले आफुले हिन्दु धर्म रोज्नुको कारण पनि खुलाउन सक्ने अनुमान गरिउको छ । मिडिया रिपोर्टका अनुसार, यस निर्णयप्रति उनको परिवार पनि सहमत भएको छ । उनी विगत धेरै बर्ष देखि हिन्दू धर्म अपनाउन चाहान्थिन् भन्ने कुरा पनि समाचारमा उल्लेख छ ।

सम्बन्धित खबरहरु