काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९–१३ मा जसरीपनि हुनुपर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले बताउनुभएको छ ।

काङ्ग्रेस धादिङका पूर्व सभापति रामनाथ अघिकारीकी आमाको निधनपछि अधिकारीलाई समवेदना प्रकट गर्न धादिङ पुग्नुभएका थापाले कांग्रेस महाधिवेशनअघि नेपालमा कुनै निर्वाचनको सम्भावना नरहेको बताउनुभएको हो ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्नै नपाइने भएकोले पनि १४ औँ महाधिवेशनअघि देशमा कुनै निर्वाचनको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

‘अहिलेको कार्यसमिति अवैधानिक भैसकेको छ । बैशाखमा निर्वाचन गर्न पनि यो कार्यसमितिले दल दर्ता गर्न मिल्दैन’ थापाले भन्नुभयो ‘त्यसैले नेपाली कांग्रेसले महाधिवेशन नगरिकन आम निर्वाचन वा स्थानीय निर्वाचन कतै पनि भाग लिनै पाइदैन ।

थापाले महाधिवेशनअघि चुनाव होला कि भन्ने कुरामा नअल्मलिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । आजको केहिदिनभित्रै निर्वाचन समितिले नयाँ कार्यतालिका निकाल्ने र मंसिर ९ देखि १३ मा नै महाधिवेशन हुने उहाँको दावी छ ।

केन्द्रीय समितिको बैठक माग गरिरहेको बताउँदै उहाँले भन्नुभयो ‘पार्टी अधिवेशनको तिथिमिति सार्ने भनेको २ जना नेताले कानेखुसी गरेर सार्ने भन्दैमा सर्दैन । पार्टी कसैको निजी कम्पनी जस्तो होइन ।’

केन्द्रीय समितिको बैठक बिना महाधिवेशनको मितिको विषयमा छलफलसमेत गर्न नपाइने थापाले जिकिर थियो ।

यसअघि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललेपनि आफूले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको बताउँदै जतिबेलापनि आयोगले पार्टी अवैध भएको सूचना टाँस गर्न सक्ने जिकिर गर्नुभएको थियो । उहाँले हामी सानो ठूलो पार्टी भनेर हेर्दैनौँ नीतिगत अघि नबढे जतिबेलापनि पार्टी अवैध बन्न सक्छ भनेर आयोगका पदाधिकारीले भनेको बताउनुभएको थियो । अब महाधिवेशन नभए चुनावमा भाग नै लिन नपाउन पौडेलकोपनि भय छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु