काठमाडौ । माधव नेपाललाई फेरी अर्को झड्का लागेको छ । संविधानसभा सदस्य हिराबहादुर केसीले माधवकुमार नेपालले आफ्नो नाम दुरूपयोग गरे आफू निरन्तर एमालेमा नै रहेको भन्दै एमाले पार्टी कार्यालय पुग्नुभएको छ ।

आइतबार एक विज्ञप्ति समेत प्रकाशित गर्दै केसीले आफू कहिल्यै पनि एमालेको विपक्षमा नरहेको र पार्टी विभाजनको खेलमा पनि नलागेको स्पष्ट पार्नुभयो ।

उहाँले आफू कहिले पनि पार्टी फुटको पक्षमा नलाग्ने र एमालेको विरूद्धमा हुने कुनै पनि गतिबिधिमा संलग्न नहुने स्पष्ट पार्नुभएको छ ।

२०७० सालमा प्यूठानबाट संविधानसभा सदस्यमा निर्वाचित केसीले आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ महासचिव सहितका नेताहरूसँग फोटो समेत खिचाउनुभएको छ ।

उहाँले आफ्नो नाम माधव नेपालले कता–कता छापेको भन्दै आपत्ति जनाउनुभएको छ ।

उहाँले प्यूठानबाटै एमालेको केन्द्रीय राजनीतिमा स्थापति भएका पूर्वमन्त्री मणिचन्द्र थापा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापासँग पार्टी कार्यालय बाहिर समेत तस्विर खिचाउनुभएको छ । उहाँको विज्ञप्ति समेत बाहिर आइसकेको छ ।

सम्बन्धित खबरहरु