काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोक्न आफू तयार रहेको बताउनुभएको छ ।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उहाँले पर्सि (मंगलबार) देखि गोला प्रथा प्रणालीबाट पेशी तोक्ने बताउनुभएको हो ।

प्रधानन्यायाधीशले रोजेर र खटाएर इजलास जिम्मा लिँदा न्याय सम्पादन निष्पक्ष हुन नसकेको भन्दै यो गोलाप्रथाबाट हुनुपर्ने माग प्रधानन्यायाधीशले स्वीकार गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो । तर यो सुझाव प्रधानन्यायाधीशले अस्वीकार गर्दै आउनुभएको थियो ।

प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने बताउनुभएको छ र तत्काल गोलाप्रथाबाट सुरु गर्छु भन्नुभयो बारका महासचिव पौडेलले जानकारी दिनुभयो ।

तर यो प्रतिवद्धतापछिपनि प्रधानन्यायाधीश माथिको संकट टरेको छैन । उहाँले राजीनामा दिनुपर्ने माग कायम नै रहेको छ ।

बारका पदाधिकारीहरुले अझै सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गरेर रणनीति बनाउने महासचिव पौडेलको भनाई छ । उहाँले भन्नुभयो हामी प्रधानन्यायाधीश सन्तुष्ट भएका छैनौँ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु