झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तो आपराधिक तत्वलाई नेकपा एमालेले कहिलै लिन नसक्ने घोषणा गर्नुभएको छ ।

झापामा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गर्दै नेपाललाई भने आपराधिक तत्वको संज्ञा दिनुभयो ।

आइतबार गृह जिल्ला झापाबाट ओलीले भन्नुभयो नेपाललाई भने फेरि नेकपा एमालेले कुनै हालतमा नलिने बताउनुभयो ।

‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन’, ओलीले स्पष्ट पार्नुभयो ।

माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्ने पनि ओलीले टिप्पणी गर्नुभयो । ‘माधव नेपालको पछि लागेका दुई चार जना अलमलमा परेको देखेर अचम्म लाग्छ । के देख्या होला ?’ ओलीले आश्चार्य व्यक्त गर्नुभयो ।

व्यवसायी दुर्गा प्रसाईंको भनाइमा समर्थन जनाउँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लागेर पनि काम नहुने बताउनुभयो । कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंको दवदवा देखिन्थ्यो ।

 

सम्बन्धित खबरहरु