काठमाडौं । ३० भन्दा धेरे यात्रु लिएर काठमाडौं आउँदै गरेको बसमा अचानक आगलागी भएको छ ।

धादिङको गजुरीमा गुडीरहेको बसमा आगलागी भएको छ । गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको हो ।

सुर्खेतबाट काठमाडौंतर्फ आइरहेको ना ६ ख १४७१ नम्बरको यात्रुबाहक बसमा आगलागी भएको हो । जानकारी अनुसार आइतबार बिहान २ बजे बसमा अचानक आगलागी भएको थियो ।

धादिङ प्रहरीले यसबारेमा जानकारी दिएको हो । बस पूर्णरुपमा क्षति पुगेको भए पनि ३६ यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बसमा आगो लाग्नुको कारण एकिन छैन ।

तार सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । ईन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेपछि मानविय क्षति हुन पाएन् । स्थानीयसँगको सहकार्यमा प्रहरीले आगोलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु