काठमाडौं । नेपाल प्रहरीका एक पूर्व प्रहरी महानिरीक्षक नेकपा एमालेमा जाने भएका छन् ।

पूर्व प्रहरी महानिरीक्ष सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गर्नुभएको हो । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रवेश कार्यक्रम चाँडै हुन्छ । गुरुङले पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुनुहुन्छ ।

उहाँलाई विसं २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

विसं २०७४ चैत्र २८ गते प्रकाश अर्यालले अवकास प्राप्त गरेपछि २९ गतेबाट सर्वेन्द्र खनालले कार्यभार सम्हाल्नुभएको थियो । प्रहरीमा रहँदा अत्यन्तै स्वच्छ छविका प्रहरी अधिकारीको रुपमा आफ्नो नाम बनाउनुभएको छ । उहाँ एमाले निकट नै भएको यसअघि कै घटनाक्रमले देखिएको छ ।

सम्बन्धित खबरहरु