काठमाडौ । फिचरमा देखिएका तस्विर नेपाली जनजनमा बसिसकेका पात्र हुनुहुन्छ । कर्म र सेवाका कारण हरेक नेपालीको मनमा उहाँहरु बस्नुभएको छ ।

अझ इन्टरनेट र सञ्चार माध्यमको पहुँच भएका ठाउँमा त उहाँहरु नचिनिने कुरै छैन । राजनीति नै गरेर बसेकाहरुले केही गर्न सकेनन् ।

उनीहरुले अरु आर्जन गरेर खान जानेनन् र राजनीतिलाई लुटी खाने भाँडो बनाए । यसैले देश भ्रष्ट्राचारमा रुमोलियो, राजनीतिज्ञहरु फोहोरी राजनीतिक खेलको आहालमा डुबे भन्ने आम नागरिकको गुनासो भइरहेका बेला एमालेले चुनावी हतियार तयार गरिरहेको छ ।

उसले फोहोरी राजनीतिको आहालमा डुब्ने, जहिलै देशलाई घात गर्नेहरुले एमाले छोडिसकेको अब भएकाहरु शुद्ध राजनीतिज्ञ बाँकी छन् र छोड्नेहरुको ठाउँमा निश्वार्थ देशको सेवा गर्नेहरु आइरहेका छन् भन्ने सन्देश बाहिर फ्याकिरहेको छ ।

यसैगरी राष्ट्र र राष्ट्रियतालाई कहिलै घात नगर्नेहरु एमालेमा रहेको र जहिलै राष्ट्र र जनताको पक्षमा उभिने भन्दै सन्देश दिइरहेको छ । हुनपनि भारतले अघोषित रुपमा कब्जामा लिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको राजनीतिक नक्सामा जारी गरेर एमालेले जनताको मन जितेको छ ।

त्यति मात्र हैन चुच्चे नक्सालाई सवै दलसँग सहमति जुटाएर सर्वसहमतिमा संसदबाट समेत अनुमोदन गराएर आवश्यक पर्दा सबै दललाई रिझाउन सक्ने क्षमतापनि एमालेसँग छ भन्ने सन्देश दिएको छ । भारतको अघोषित नाकबन्दीलाई परास्त गर्न होस् वा उत्तरी छिमेकीसँग सम्बन्ध सुधार गरेर पारवहान सन्धि गर्न सफल पनि एमाले नै भै दियो ।

देश अधोगतितर्फ लागेका बेला ठूला विकास निर्माण सम्पन्न गरेर एमाले भए केही गर्छ भन्ने सन्देश दियो । वृद्ध देखि साहारा गुमाएकासम्म, विद्यार्थीदेखि उद्योगीसम्मका लागि उपयोगी बजेट ल्याएर देशमा उत्साहको संचार थप्यो ।

चुनावमा जान एजेण्डा नै एजेण्डा भएका बेला तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फोर्नुभयो । तर अब त्यो क्षतिपूर्ती गर्न एमालेले गज्जबको रणनीति लिएको छ ।

चर्चित अभिनेताहरु राजेश हमाल, भुवन केशी चर्चित अभिनेत्री करिष्मा मानन्धर र चर्चित पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पार्टीमा ल्याएर चुनावमा भिडाउने तयारी एमालेको छ । यसैपनि एमालेको संगठन बलियो छ । बाँकी कुनै दलमा आवद्ध नभएका मतदाता चोर्न सेलिब्रेटी ल्याउन एमाले लगभग सफल भइसकेको छ । अभिनेत्री करिष्मा मानन्धर र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल केही दिनमा नै एमाले प्रवेशको तयारी गर्नुभएको छ । उहाँहरुबीच लगभग पक्कापक्की भइसकेको छ ।

महानायक राजेश हमाल र अभिनेता भुवन केशीसँग समेत केही चरण कुरा भइसकेको छ । यसअघि नै भुवन केशीले एमालेबाट टिकट माग्नुभएको हो । हमालपनि पहिलेदेखि नै एमालेसँग निकट हुनुहुन्छ । लामो समय चलचित्र क्षेत्रमा सेवा गरिसकेकाले अब राजनीतिबाट जनताको सेवा गर्ने मनासयमा अभिनेताद्धय पुगिसक्नुभएको छ ।

भारतीय चलचित्र क्षेत्रमापनि केही पुरान कलाकारहरु राजनीतिमा छिरिरहेको माहोलले नेपाललाई प्रभावित नगर्ला भन्न सकिन्न । यसैले उहाँहरु आफैलेपनि चुनावमा जाने मनासय बनाउनुभएको हो ।

उच्च श्रोतका अनुसार सेलिब्रेटीलाई संगठनकोपनि भोट आउने अरु दल वा कुनै दलमा आवद्ध नभएका मतदाताकोपनि भोट लिन सकिने भएकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सुप्रिमोहरुसँग नै भिडाउन सक्ने तयारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एस अध्यक्ष माधवकुमार नेपालकैबिरुद्ध उतार्न एमालेले गतिलो हतियार तयार गरिसकेको श्रोतको दावी छ । एक पटक हारेपनि पहिलो पटक चुनावमा आएका कलाकारलाई केही सकिने हैन । यसैले उहाँहरुलाई नै पसिना आउने बनाउँन एमालेले यो गतिलो हतियार लगभग पक्का गरेको श्रोतको दावी छ ।

हेर्न लायक बाबुछोराको प्रेम : फागुनपछि मेरै छोरो प्रधानमन्त्री, एमालेको एकल बहुमत

 

 

सम्बन्धित खबरहरु