काठमाडौं । विश्वमा आफुलाई क्रिकेटको महारथी बताउने भारतलाई जोडदार झट्का लागेको छ । युएईमा जारी टी–२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो ।

भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गर्न सफल भयो । पाकिस्तानका मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाएका थिए ।

तपाईंलाई जानेर आश्चर्य लाग्न सक्छ कि पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन । यो नै पाकिस्तानको ऐतिहासिक जीत हो ।

त्यसकारण पनि भारतीय धेरै निराश र पाकिस्तानी फ्यान धेरै खुःशी छन् । पाकिस्तानले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्न दिएको थियो । तर त्यसमा भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन मात्त बनाउन सफल भयो ।

शुरूवाती झट्कापछि भारतीय टोली सम्हालिएको थियो र त्यसमा कप्तान विराट कोहली र विकेटकीपर ऋषभ पन्तको भूमिका रह्यो । कोहलीले ५७ रन र पन्तले ३९ रन बनाए । पाकिस्तानी टोलीका लागि १५२ रनको लक्ष्य भेट्टाउन पहिलो ओभर राम्रो रह्यो ।

भुवनेश्वर कुमारको पहिलो ओभरमा मोहम्मद रिजवानले १० रन बनाए । दोस्रो ओभरमा भारतीय बलर मोहम्मद शमी आए । उनले ८ रन दिएसँगै पाकिस्तानी टोलीले बिना कुनै नोक्सान १८ रन बनायो ।

यो जीत पाकिस्तानी प्रशंसकले देखेको सपनाभन्दा परको विषय थियो । उनीहरूले टी–२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएनन् बल्कि जोडदार रूपमा पराजित गर्न सफल भए । पाकिसतनका लागि यो जित असाध्यै ठूलो थियो र यति महत्त्वपूर्ण थियो कि कप्तान बाबर आजमका बुवाका आँखामा आँसु देखियो ।

यसअघि भारतले यी दुई देशबीचको प्रत्येक विश्वकप खेल जितेको थियो । पाकिस्तानको निम्ति दुबईमा, २९ वर्षको पीडा अन्त्य भयो । पाकिस्तानमा प्रशंसकहरूले रेस्टुरेन्ट, किनमेल केन्द्र र सिनेमाहरूमा हेरेका थिए ।

जब जितको क्षण आयो उनीहरू खुशीयाली मनाउन सडकमा निस्किए । विगतमा आफैँ क्रिकेटरका चर्चित खेलाडी रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिँदै ट्वीट गरेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु