मेरो बुवा काठमाडौँ ललितपुर सातदोबाटो इमाडोल बाट हराउनु भाको आज ३४ दिन भयो अझ केही पत्ता लागिएको छैन् ।

कृपया उहाँलाई देखनुहुने जो कोहीले पनि ९८६१८७३१२५ यो नम्बरमा सम्पर्क गरिनुहोला अथवा ९८११५४७०८७ अर्को ९८४५५०७५३५ मा फोन गरिदिनुहोला ।

उहाँसँग पैसा नी छैन र राम्ररी कान सुन्न सक्नु हुदैन आँखा नी राम्ररी देख्नु हुँदैन । घर एकछिन बाहिर जान्छु भनेर निस्किनु भएको थियो ।

उहाँ एउटा मास्कको डब्बा लिएर निसकिनु भएको छ । उहाँ घर पनि आउनुभएको छैन कुनै आफन्तजनकोमा पनि हुनुहुन्न ।हुलिया यही हो । कपडा पनि यहि हो ।

तर ढाका टोपी र कालो गलबन्दी चाहि लगाउनु भएको छैन । चप्पल लाउनु भएको छ । उहाँको खोजी सर्वत्र गरिसकेका छौ ।

नजिकको प्रहरीलाई खोजीका लागि अपिल गरेका छौ । आजसम्म कुनै खोटखबर नआएकाले यहाँहरु जो सामाजिक सञ्जाल चलाउनुहुन्छ । तपाईहरुका लागि यो सहयोगको भिख माग्दैछौ ।

जतिसक्दो एक अर्कामा पुर्याएर सहयोग गरिदिनुहोस् । बुवा हामी तपाईको प्रतिक्षामा छौ । जय श्री पशुपतिनाथ ।

सम्बन्धित खबरहरु