काठमाडौ । नेपाली न्यायालयको इतिहासमा आज एक घटना रेकर्ड हुँदैछ । भविष्यमा कानुनका विद्यार्थीले यो घटना बढ्नुपर्नेछ ।

शक्ति पृथकिकरणको सिद्धान्त सन्तुलनका लागि भएको प्रयास भनेर इतिहास बन्ने पक्का छ । किनकी आज आफ्नै न्यायाधीशबाट प्रधानन्यायाधीश बहिष्कृत हुनुभएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक आज बस्दैछ तर ‘फुलकोर्ट’ बहिष्कार गर्ने निर्णय १४ जना न्यायाधीशहरुले गरिसक्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बैठक बोलाउनुभएको थियो ।

नेपाल बार एसोसियसनका पदाधिकारी रिझाउन यो बैठकमा बारका पदाधिकारीलाई समेत बोलाइएको थियो ।

राणाको बिरुद्ध उत्रिएका वकिलहरुलाई आफ्नो हातमा ल्याउन वरिष्ठ न्यायाधीशको पदवी दिनका लागि निर्णय गर्ने र गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गर्ने कार्यसूची यो बैठकमा बोलाइएको थियो । वकिल मिलाउन खोज्दा आफ्नै अदालतको न्यायाधीशहरु बाँडिएपछि प्रधानन्यायाशीध राणालाई झनै गाह्रो परेको छ ।

सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ ।

प्रधानन्यायाधीशले आफूविरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताएपनि मार्ग प्रशस्त नै पहिलो माग गरेको न्यायाधीशहरुको एकमत छ ।

सर्वोच्चका १४ जना न्यायाधीशहरुले आजको बैठक बहिस्कार गरेपछि सम्भवत यो बैठक बस्दैन । अहिलेसम्म बैठक सरेको जानकारीपनि दिइएको छैन । हिजो बसेको १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म उहाँले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको थियो ।

आज पनि १४ न्यायाधीशबीच छलफल भइरहेको श्रोतको दावी छ । प्रधानन्यायाधीश राणालाई संवैधानिक निकायदेखि मन्त्रिपरिषदमा समेत भाग खोजेको आरोप लागेको छ ।

सम्बन्धित खबरहरु