काठमाडौ । अचानक सेनाले प्रधानमन्त्री नजरबन्दमा राखेको छ भने मन्त्रीहरु पक्राउ गरेको छ ।

सुडानको सेनाले प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखको हो । त्यस्तै अन्य केही नेताहरु पक्राउ परेका छन्।

सोमबार बिहानै उनीहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

स्रोतलाई उद्धृत गरिएको समाचारमा पक्राउ पर्नेमा उद्योगमन्त्री, सूचनामन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको उल्लेख गरिएको छ। त्यस्तै सुडानको सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र सुडानको राजधानी सहर खार्तोमका गभर्नर पनि पक्राउ परेका छन्।

केही सञ्चारमाध्यमले भने सरकारका सबैजसो मन्त्री पक्राउ परेको उल्लेख गरेका छन् ।

सुडानमा गत महिना पनि सैन्य कूको प्रयास भएको थियो। संक्रमणकालीन अवस्थामा रहेको सुडानमा सेना र जनप्रतिनिधिको संयुक्त सरकार थियो । तर, यो सरकारबारे केही विवाद देखिँदै आएको थियो। सन् २०२३ को अन्तिममा आम निर्वाचन गरेर जनप्रतिनिधिलाई नै सत्ता सुम्पिने सम्झौताअनुसार संक्रमणकालीन सरकार बनाइएको थियो।

अलजाजिराका अनुसार अहिले खार्तोममा सबै सञ्चारका माध्यममा रोक लगाइएको छ। साथै अहिले सहरका प्रमुख सडक बन्द छन्।

सुडानको प्रमुख प्रजातान्त्रिक राजनीतिक समूहसुडानी प्रोफेसनल एसोसिएसनले यो कदमले सैन्य कू भएको स्पष्ट भएको भन्दै मानिसहरुलाई सडकमा आउन आह्वान गरेको छ।

सम्बन्धित खबरहरु