काठमाडौ । अफगानी नागरिक शरणार्थी देश छोडेर भागेर नेपालसम्म आइपुगेको देखिएको छ ।

काठमाडौंको सिनामंगलस्थित एक घरबाट प्रहरीले आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेसँगै यो तथ्य खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले टोलीले उनीहरू बसेको घरमा छापा मारी पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरू सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका हुन्।

सिनामंगलस्थित एक घरमा बसिरहेका उनीहरूलाई अब अध्यागमन विभागमा बुझाउने तयारी भएको ब्युरोले जनाएको छ। उनीहरुको अवस्था हेरेर मात्र डिपोर्ट गर्ने नेपालको तयारी छ ।

घरवास बिहीन भएर आएका हुन् भने शरणार्थीको रुपमा संरक्षण गर्नुपर्ने अन्तर्राष्ट्रिय कानूनको दायीत्व छ । के कसरी आएका हुन् अनुशन्धानपछि मात्र निर्णय लिइनेछ । उनीहरु भारतहुँदै नेपाल आएको देखिएको छ । भारतबाट धेरै विदेशहरु नेपाल गैर कानुनी रुपमा छिर्दै आएका छन् ।

 

सम्बन्धित खबरहरु