काठमाडौं । राजधानी काठमाडौको मुटु नयाँबानेश्वरको व्यस्त सडकमा अचानक हात्ति छिर्ने खाल्डो परेको छ ।

सडकबीचमा नै ठूलो खाल्डो परेको हो । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ देखिएको थियो पछि हेर्दा त हात्ति छिर्ने खाल्डो देखियो ।

भगवान भरोसा ठूलो दुर्घटना हुन पाएन । किनकी त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा जमिन पुरै खाली रहेको ठूलो खाल्डो देखियो ।

माथी सडकको कालोपत्रेले मात्र छोपिएको तल पुरै खाली रहेको देखियो । ढलसँगै भएकाले ढलबाट भित्रभित्रै माटो बगाउँदै लगेर यति ठूलो खाल्डो बनेको अनुशन्धानले देखाएको छ ।

खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन भइरहेको छ ।

तर यो घटनाले काठमाडौका सडक कति जोखिम छन् भन्ने आँकलन भने गर्न सकिने स्थिती रह्यो । ढल निर्माणमा ध्यान नदिएमा यस्ता मानवीय त्रुटीले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ ।

 

सम्बन्धित खबरहरु