काठमाडौं । गम्भिर अपराधमा संलग्न एक विदेशी नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाई अप्राकृतिक शारीरिक सम्पर्क तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा कास्कीबाट एकजना समातिएका हुन् ।

पक्राउ पर्ने व्यक्ति क्यानेडियन नागरिक हुन् । ४४ वर्षीय रोबर्ट किन्कलेलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा उनले त्यसरी अपराध गर्दै आएका थिए ।

उनले नाबालकहरुलाई ललाई फकाई, डरत्रास तथा विभिन्न प्रलोभनमा पारी यस्तो गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई तीन जना बालकहरुलाई साथमा राखी अपराधिक गतिविधि गर्दै गरेको अवस्थामा फेला पारिएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्नुका साथै बालकहरुको उद्दार पनि गरेको छ ।

 

सम्बन्धित खबरहरु