काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

प्रधानमन्त्री देउवा हालै सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौं फर्किनु भएको हो । काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक डाक्नुभयो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा छन् । देउवाले चाँडै सरकारले प्याकेजमा नै बाढी पहिरो पिडितलाई राहत घोषणा गर्ने बताउनुभएको छ । आजको बैठकमा केही नियुक्ति र राहतको प्याकेज घोषणा बारे निर्णय हुने श्रोतले बताएको छ ।

सम्बन्धित खबरहरु