काठमाडौं । नेपालमा सुनको मूल्यमा निरन्तर परिवर्तन देखिने गरेको छ । यो बीचमा साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको हो ।

सोमबार सुनको मूल्य फेरि तीन सयले बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ९२ हजार ४ सयमा कारोबार हुँदैछ ।

साताको पहिलो दिन (आइतबार) सुन प्रतितोला ९२ हजार एक सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपालमा पनि त्यसैको प्रभाव परेको बताइएको छ । अमेरिकी डलर नेपाली रकममा निरन्तर उकालो लागि रहेको छ । डलरको भाउ बढ्दापनि सुनको मुल्य बढ्ने गर्दछ ।

सम्बन्धित खबरहरु