काठमाडौं । विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिवर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ ।

सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन् । ठूला समुहहरू, जस्तै देशहरू,मा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन् ।

त्यस्ता मानिसरूलाई राजनेता वा नेता भनिन्छ । त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ । विश्वविद्यालयमा पठाई हुने राजनीति विषयलाई राजनतिशास्त्र, राजनीतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ ।

राजनीति व्यवस्था त्यस्तो व्यजवस्था हो जसले देशको शिक्षाको अवस्था समेत निर्धारित गर्ने गर्दछ । विश्वमा तिन प्रकारको राजनीति अर्थतन्त्र रहेको छ । पुंजीवादी,समाजवाद र मिश्रत अर्थतन्त्र रहेको राजनीति गरेका छन ।

आज हामीले विश्वभर राजनीति गर्ने ठूला पार्टीहरुका बारेमा जानकारी दिन गइरहेका छौँ । संख्याका आधारमा ठूला विश्वमा १० शिर्ष राजनीतिक दलहरु निम्नानुसार रहेका छन्

१. भारतीय जनता पार्टी (भारत) – स्थापना सन् १९८०, संस्थापक श्यामाप्रसास मुखर्जी, कुल सदस्य २१ करोड

२. कम्युष्टि पार्टी अफ चाइना (चीन) – स्थापना सन् १९२१, कुल सदस्य ९ करोड ५० लाख आसपास

३. डेमोक्रेटिक पार्टी (अमेरिका) – स्थापना सन् १८२८, संस्थापक एन्डु ज्याक्सन, मार्टीन भ्यान जुरेन, कुल सदस्य संख्या झण्डै ५ करोड

४. रिपब्लिकन पार्टी (अमेरिका) – स्थापना सन् १८५४, कुल सदस्य संख्या ३ करोड ६० लाख आसपास

५. भारतीय राष्ट्रिय कांग्रेस (भारत) – स्थापना सन् १८८५, कुल सदस्य संख्या १ करोड ८० लाख

६. अखिल भारतीय अन्ना द्रविड़ मुन्नेत्र कझगम (एआईएडीएम) (भारत, तमिलनाडु) – स्थापना सन् १९७२, संस्थापक एम.जी.आर, कुल सदस्य संख्या एक करोड ५० लाख

७. जस्टिस एण्ड डेभलपमेन्ट पार्टी (टर्की) – स्थापना सन् २००१, संस्थापक रजेप तैयप एर्दोगान, कुल सदस्य १ करोड ११ लाख आसपास

८. आम आद्मी पार्टी (भारत) – स्थापना सन् २०१२, संस्थापक अरविन्द केजरीवाल, कुल सदस्य १ करोड आसपास

९. तहरीक इन्साफ पाकिस्तान (पाकिस्तान), स्थापना सन् १९९६, संस्थापक इमरान खान, कुल सदस्य १ करोड आसपास

१०. चामचा मापिन्दुसि (तान्जानिया)–स्थापना सन् १९७७, कुल सदस्य ८४ लाख नजिक

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु