काठमाडौं । राष्ट्रियसभाबाट २० सांसद चार वर्षको कार्यकाल पूरा गरेर विदा हुने तयारीमा रहेका छन् । तिनीहरु फागुन २१ मा बिदा हुन लागेका हुन् ।

२०७५ असार ४ गते गोलाप्रथामार्फत् चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिदैँछ । विदा हुने सांसदहरुको नामवली

निम्नानुसार रहेको छ

नेकपा एमालेबाट

  • अगमप्रसाद वान्तवा राई
  • कविता बोगटी
  • कोमल वली
  • चक्रप्रसाद स्नेही
  • नैनाकला ओझा
  • पर्शुराम मेघी गुरुङ
  • राम लखन चमार
  • सुमनराज प्याकुरेल

नेकपा (एकीकृत समाजवादी) बाट

  • उदयाशर्मा पौडेल
  • ठगेन्द्रप्रकाश पुरी
  • शान्ति कुमारी अधिकारी जिशी
  • शेरबहादुर कुँवर

नेपाली कांग्रेसबाट

  • दृगनारायण पाण्डेय
  • तारादेवी भट्ट
  • राधेश्याम अधिकारी

नेकपा माओवादी केन्द्रबाट

  • खिमकुमार बिक
  • जीवन बुढा
  • दिनानाथ शर्मा
  • शशीकला दाहाल
  • रामनारायण बिँडारी

ती २० सांसदको पद सकिन लागेपछि सरकारले निर्वाचनको मिति छिट्टै तोक्ने तयारी गरेको छ ।

सम्बन्धित खबरहरु