सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ । मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकोप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात नेपाली मकालु आधार शिविर पुगेका थिए ।

मकालु आधार शिविरको हिउँमा काठमाडौँका अनोज चुडाल, सोलुखुम्बुका जङ्ग कुलुङ, दीपक कुलुङ, दीनेन्द्र कुलुङलाई हेलिकोप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य निरज कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ र तेन्जिङ भोटेको उद्धार हुन बाँकी रहेको बताउनुभयो । विष्णु र तेञ्जिङ मकालु–२ को लाङमालेमै रहेको कार्कीले बताउनुभयो ।

मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौँ लगिएको थियो ।

गत असोज २५ गते तीन विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै आधार शिविर पुगेका थिए ।

सम्बन्धित खबरहरु