धरान । दुई दशकदेखि हङकङमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ ।

पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।

गाडी रोकेर दिसापिसाब गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक हुनुहुन्थ्यो । त्यसैगरी उहाँ नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँको निधनले नेपालमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाहरुले ठहर गरेका छन् । उहाँले नेपाल र नेपाली समुदायका लागि उल्लेखनीय योगदान पुर्याउनुभएको थियो ।

सम्बन्धित खबरहरु