काठमाडौ । मन्त्रिपरिषदको बैठक भर्खरै सकिएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । आजको बैठकले बाढीपहिरोको क्षति मूल्यांकन गर्ने देखि विभिन्न नियुक्तिहरु गरेको हो ।

बेमौमसी वर्षाले बाढीपहिरो र डुबानका कारण धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलले बुझाएको अध्ययन प्रतिवेदन र मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृह मन्त्रालयका सचिव संयोजक र कृषि, अर्थ, उद्योग, संघीय मामला र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहने गरी कार्यदल गठन गरेको जानकारी दिनुभयो ।

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमको अध्यक्ष पदबाट सुशिल घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाल पुर्नविमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निर्णय समेत गरेको छ । कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

सम्बन्धित खबरहरु