काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा एकसाथ अधिवेशन हुने एमालेले जनाएको छ ।

अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ । बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन हुन नसक्ने सम्बन्धित जिल्ला कमिटीले जनाएको छ ।

एमालेले यसअघि नै कात्तिक ६ गते वडा अधिवेशन गरेको छ । केही स्थानमा प्राविधिक कारण रोकिएको छ । एमालेका अनुसार लगभग ६ हजार भन्दा बढी वडा कमिटीमा अधिवेशन सकिएको छ । पूर्व निर्धारित समय अनुसार आज ९ गते पालिका अधिवेशन हुँदैछ । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

बाढीपहिरो प्रभावित भएका ठाउँ र सहमति हुन नसकेका केही ठाउँमा भने वडाको नेतृत्व चयन हुन सकेको छन् ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्ने छ ।

 

सम्बन्धित खबरहरु