काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको चौतर्फी राजीनामा माग भइरहेका बेला डा. गोविन्द केसीलेपनि राजीनामा माग गर्नुभएको छ ।

न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै डा. केसीले प्रधानन्यायाधीशको राजीनामा माग्नुभएको हो ।

विज्ञप्ति जारी गर्दै डा. केसीले भन्नुभयो, ‘न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं ।’

उहाँले जबराको पदीय हैसियतको अवज्ञा गर्न अपील गर्दै तत्काल राजीनामा नदिएमा उहाँको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभएको छ ।

उहाँले विभिन्न मुद्धामा बारम्बार आमरण अनुसन बस्दै आउनुभएको छ । उहाँको अहिंसात्मक आन्दोलनको शक्तिले धेरै वेथितीहरु अन्त्य हुँदै आएका छन् ।

सम्बन्धित खबरहरु