काठमाडौ । सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गर्नुभएको छ ।

उहाँरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उहाँकै कार्यकक्षमा भेटेर नै राजीनामा दिन लिखित बुझाउँने निर्णय भएको हो । भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय भएको छ ।

‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको र त्यही कुरा सम्झाउन जाने श्रोतको दावी छ ।

अब ‘तपाईंबाट न्यायपालिकाको नेतृत्व सम्भव हुने देखिएन भनेर सामुहीक रुपमा न्यायाधीशहरुले भन्ने तयारी रहेको बुझिएको छ । नेतृत्वमै रहे पनि न्यायपालिकाको गरिमा, निष्पक्षता र मर्यादामा आँच आउँछ ।

निकास दिनुस् भनेर राजीनामा माग्ने निर्णय भइसकेको रहेछ ।’ न्यायाधीशहरूले आपसी सल्लाहमै भेटघाटको एजेण्डा गोप्य राख्ने र सञ्चारमाध्यममा नबोल्ने तय गरेको मात्र थियो गोप्य सूचना एक जना विश्वस्त श्रोतले खोल्यो ।

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, केही विषयमा बुँदागत रुपमा आफ्ना अवधारणा प्रस्तुत गरेर राजीनामा माग्ने बझिएको छ । ‘समग्रमा उहाँले अब सक्नुहुन्न भन्ने नै हाम्रो निचोड हो ।

न्यायपालिकाभित्रको विवादमा अन्तिम संवैधानिक अस्त्र (महाभियोग) प्रयोगको अवस्था आउनुभन्दा अहिले नै निकास दिंदा उहाँलाई पनि सहज हुनेछ भनेर हामीले स्पष्ट भाषामा भन्नेछौं’ उहाँले भन्नुभयो, ‘एकाध बाहेक हामी सबै एउटै निष्कर्षमा छौं भनेपछि त उहाँले पनि महसुस गर्नुहोला नि ।

 

सम्बन्धित खबरहरु