काठमाडौं । भारतको अन्तराष्ट्रिय बेइज्जती भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई लिएर फेरि एकपटक नयाँ अभिव्यक्ति दिनु भएको छ ।

उहाँले दुई देशको आपसी सम्बन्धलाई क्रिकेटमा भएको जित र हारसँग जोड्नु भएको हो । एक कार्यक्रममा इमरान खानले भन्नुभयो, ‘भारतसँग कुनै पनि प्रकारको वार्ताको बारेमा अहिले नै केही भन्नु उचित हुँदैन, किनकि उनीहरु (आइतबार २४ अक्टोबर) क्रिकेट मैदानमा पाकिस्तानसँग पराजित भएका थिए ।’

दुबईमा आइतबार टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल सम्पन्न भयो । पाकिस्तानले १० विकेटले जित्यो । इमरान अहिले साउदी अरब र युएईको भ्रमणमा हुनुहुन्छ ।

रियादमा उहाँले पाकिस्तान–साउदी लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा यस्तो कुरा बताउनु भएको हो । सोही क्रममा प्रधानमन्त्री खानले क्रिकेटलाई बिचमा ल्याउनु भएको हो ।

खानले भन्नुभयो, ‘हाम्रो छिमेकमा दुई ठूला देश र बजार छन् । हामी अफगानिस्तान हुँदै मध्य एशिया पुग्न सक्छौं ।’

खानले थप्दै भन्नुभयो, ‘चीनसँग हाम्रो राम्रो सम्बन्ध छ । तर, कुनै न कुनै रूपमा भारतसँग पनि राम्रो सम्बन्ध बनायो भने त्यो हाम्रो लागि धेरै फाइदाजनक हुनेछ ।

मलाई थाहा छ आइतबार राती हामीले क्रिकेटमा भारतलाई हरायौं, त्यसैले यो समयमा वार्ता वा सम्बन्ध सुधारको कुरा गर्नु गलत हुनेछ ।’ इमरान खानले पाकिस्तान विश्वका लागि कत्तिको महत्त्वपूर्ण छ र त्यसविना अफगानिस्तानमा शान्ति स्थापना हुन नसक्ने स्पष्ट पार्नुभयो ।

त्यससँगै पाकिस्तानको युवा पुस्ता कत्तिको प्रतिभाशाली छ भन्ने पनि खुलासा भएको पनि उहाँको भनाई थियो । खानले कश्मीरको कुरा उल्लेख गर्न बिर्सनु भएन् ।

उहाँले भन्नुभयो, ‘भारत र पाकिस्तानबीचको मुख्य मुद्दा कश्मीर हो । यदि हामी सभ्य छिमेकी जस्तै बाँच्न चाहन्छौं भने यो समस्या समाधान गर्नुपर्छ । त्यहाँका जनताले अधिकार पाए भने समस्या छैन । भारत पाकिस्तान हुँदै मध्य एसियासम्म पुग्न सक्छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु