काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बास्कोटाले सबै न्यायाधीशको राजीनामा माग्नु भएको छ ।
प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने तर्क उहाँले गर्नुभएको हो । नेकपा एमालेको धुलिखेल नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले यस्तो उल्लेख गर्नुभयो ।
प्रतिगामी आदेश जारी गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने उहाँको तर्क थियो ।
न्यायाधीशले देश बिगार्ने हर्कत गरेको बास्कोटाको आरोप छ । यस्तै बास्कोटाले नेकपा एमाले समृद्धिको च्याम्पियन भएको समेत बताउनुभयो । पार्टी विभाजनले एमालेलाई कुनै असर नगरेको उहाँको भनाई थियो ।
यस्तै एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले माधव नेपालले पदका लागि पार्टी विभाजन गरेर देश र जनतालाई धोका दिएको बताउनुभएको छ ।