काठमाडौं । साताको तेस्रो दिन आजपनि नेपालमा सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु. २०० ले उकालो लागेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ६०० तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला रु. ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु. ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु. एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु