काठमाडौं । सत्ता गठबन्धनभित्र लडाँई शुरु भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताउनु भएको छ ।

उहाँको यो बयान माओवादीले सरकार नछोड्ने बताएपछि आएको हो । उहाँले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभयो ।

गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने उहाँको तर्क छ ।

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले यस्तो बताउनु भएको हो । नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने रु अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वभाविक भएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।’

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिनु भएको थियो ।

विश्वासको मत लिँदै गर्दा उहाँले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको स्पष्ट पार्नुभएको हो ।

 

सम्बन्धित खबरहरु