काठमाडौ । अब २० युनिटसम्मको बिजुली निःशुल्क हुने भएको छ । मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क बाल्न पाइने भएको हो ।

आज काठमाडौँमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय यातायातलाई सरकारले बढावा दिने पनि बताउनुभयो ।

उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको भन्दै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारी साधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो ।

मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो ।

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने भन्दै मन्त्री भुषालले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौँ उपत्यकाका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारी साधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताउनुभयो ।

सम्बन्धित खबरहरु