काठमाडौं । पूर्वमाओवादी नेताले नेकपा एमालोलाई धोका दिन थालेका छन् । नेकपा माओवादी केन्द्र छाडेर केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेतिर लागेका नेता प्रभु साहले एमाले पनि छाड्ने भएका हुन् ।

तर उनी पुनः माओवादी केन्द्रमा नफर्किने स्पष्ट पारिएको छ । साहनिकट एक नेताको दाबीअनुसार पूर्वमन्त्रीसमेत रहनु भएका नेता साह एमालेमा पनि नरहने र माओवादी केन्द्रमा पनि नफर्किने निष्कर्षमा पुग्नु भएको छ ।

उहाँका अनुसार साह नेकपा नै ब्युँताउने निर्णयमा पुग्नु भएको छ । त्यसका लागि आफ्नो अध्यक्षतामा उहाँले ५१ सदस्यीय केन्द्रीय सदस्यको सूचीसमेत तयार पारिसकेको बताइन्छ ।

ओलीले आफूहरूको ८ बुँदे माग पूरा नगरेको भन्दै असन्तुष्ट साहले अब केही दिनभित्र पुनर्गठित नेकपाको केन्द्रीय कमिटी घोषणा गर्ने तयारी थाल्नु भएको छ ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्च अदालतको फैसलाले भंग गरेपछि साहसहित रामबहादुर थापा, लेखराज भट्टलगायत माओवादी नेताहरू प्रचण्डको साथ छाड्दै ओलीसँग लाग्नु भएको थियो ।

एमाले अध्यक्ष ओलीले अन्य नेतालाई भनेजस्तो जिम्मेवारी दिए पनि साहलाई दिनु भएन् ।

सम्बन्धित खबरहरु