काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुहुने भएको छ ।

प्रदेशसभामा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लाग्नु भएको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिनुभयो ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गर्नुभएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको सदन अझै शुरु भएको छैन । मुख्यमन्त्री शाक्यले विश्वास मतको प्रक्रियामा नजाने र राजीनामा दिने बताउनुभएको छ ।

आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिन प्रदेश प्रमुखकोमा जाने उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु