काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ भएको छ ।

यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरीविपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गर्नुभएको मुद्दाको पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइ गर्नुभएको छ ।

जसमा दुई मुद्दामा कारण देखाउ आदेश जारी गर्नुभएको छ भने एक मुद्दा तामेलीमा राख्नुभएको हो ।

त्यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्को कैफियत माग गर्न प्रधानन्यायाधीशले आदेश जारी गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराको पूर्ण इजलासले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै मुद्दा तामेलीमा राख्न आदेश जारी गर्नुभएको हो ।

यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिन आदेश भएको छ ।

त्यस्तै ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा र जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।

साथै कालो बजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गर्नुभएको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जारी भएको सर्वोच्चले जनाएको छ ।

बुधबार प्रधानन्यायाधीश जबराले ११ वटा इजलास तोक्नुभएको थियो । अन्य न्यायाधीशहरुले पेशी बहिष्कार गर्दै आन्तरिक छलफलमा जुट्नुभएको छ ।

सम्बन्धित खबरहरु