काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएको छ ।

बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधनपछि मुख्यमन्त्री पदबाट शाक्यले राजीनामा दिनुभएको हो ।

बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिनुभएको हो । मुख्यमन्त्री प्रदेशमा भदौ २ गते उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुभएको हो ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताउनुभयो । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको जनाउनुभयो ।

संस्कारयुक्त बनेर मिलेर प्रदेश बनाउने कुरामा उहाँले बल गर्नुभयो । आफ्नो पदीय दायित्व भए पनि आखिरमा प्रदेश बनाउन नमिली सुखै नभएको उहाँको बुझाई छ ।

मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको जानकारी दिनुभयो । अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।

सम्बन्धित खबरहरु