काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

यद्यपि कसैलाई लागेको छैन । उनीसँग सोधपुछ भइरहेको छ । मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीजे बताएको छ ।

यो पनि, हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । अहिले देशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी भागमा सामान्यतया रहेको छ ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन पनि महाशाखाका अनुरोध छ ।

आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली र तराई क्षेत्रमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहने देखिएको छ ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

आज रातीको मौसम जानकारी गराउदै महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली र तराईमा सफा देखि आंशिक बदलीसम्म रहने बताएको छ ।

पहाडका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमालका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

सम्बन्धित खबरहरु