काठमाडौं । आइतबार सम्पन्न भएको आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत खेलमा भारत पहिलोपटक नराम्रोसँग पराजित भयो । भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक होला भन्ने अनुमान सबैको थियो ।

तर अनुमानअनुसार नै खेल पनि ठ्याक्कै त्यस्तै हुन पुग्यो । भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गरेका छन् ।

त्यसकारण पनि यी दुई देशबीचको खेलमा चासो हुने गरेको छ । खेलमा भारतले नसोचेको नतिजा आयो । पाकिस्तानसँग भारत १० विकेटले पराजित भयो ।

पाकिस्तानले टी–२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई मात्र हराएन, पहिलोपटक सानदार जित निकाल्यो । यसअघि भारतले यी दुई देशबीचको हरेक विश्वकप खेल जितेको थियो ।

पाकिस्तान २९ वर्ष भन्दा लामो समयदेखि जितको प्रतिक्षा गरिरहेको थियो । लज्जासपद हारसँगै भारतका केही खेलाडीले समर्थकको गाली पनि खानुपर्यो ।

पाकिस्तान र भारतबीच लामो समयदेखिको विवाद यसपटकको खेलमा पनि देखियो । पाकिस्तानले जितेपछि भारतमा केहि व्यक्तिहरुले खुःशी व्यक्त गरेका थिए ।

यस्तै, प्रतियोगितामा पाकिस्तानको जितमा खुसी मनाउने भारतकी एक शिक्षिकाले जागिर गयो । राजस्थानको उदयपुरमा रहेको एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई विद्यालयले निष्कासन गरेको हो ।

उनले ह्वाटस्एपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित गए’, ‘वी वन’ अर्थात हामीले जित्यौ भनेर लेखेकी थिइन् । उनले लेखेको यो स्टाटस एक विद्यार्थीका अभिभावकले देख्न पुगेका थिए ।

स्टाटस देखेपछि उनले शिक्षिकालाई तपाईं पाकिस्तानको समथर्नमा हो भनेर सोधेका पनि थिए ? त्यसको जवाफमा शिक्षिकाले ‘हो’, भनेकी थिइन् ।

त्यसपछि विवाद सुरु भएको थियो । उनीहरु दुई बीचको च्याट स्क्रिन सट गरेर स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराएपछि यो विषय भाइरल भयो ।

त्यसपछि विद्यालयले उनलाई निष्कासन गरेको जानकारी दिइएको छ । विद्यालयबाट निष्कासित भएपछि शिक्षिकाले यो विषय यति उग्र होला भन्ने नसोचेको बताएकी छिन् । उनले रमाइलो र हँसीमजाकमा पाकिस्तानको सपोर्ट गरेको प्रतिक्रिया दिएकी छिन् ।

उनी मात्र नभई भारतभर पाकिस्तानको समथर्न गरेका सबैलाई कारबाही गर्ने भारत सरकारले जानकारी दिएको छ । भारतमा कश्मिरका केहि विद्यार्थीहरुमाथि दुव्र्यवहार गरिएको थियो ।

सम्बन्धित खबरहरु