काठमाडौं । आतंकवादीहरूले भारत, जम्मू–कश्मीरको बान्दीपोराको बस पार्क नजिकै ग्रेनेडले आक्रमण गरेका छन् । त्यस घटनामा ६ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।

आतंककारीहरूले बिहान १०ः३५ बजे सम्बल बस पार्क नजिकै सेनाको गाडीमाथि ग्रेनेड प्रहार गरिएको एक प्रहरी अधिकारीले जानकारी दिनुभयो । ति प्रहरी अधिकारीका अनुसार आतंकवादी आफ्नो लक्ष्यमा चुक्यो र ग्रेनेड सडकको छेउमा विस्फोट भयो ।

विष्फोटका कारण कैयौं सवारी साधनका सिसा फुटेका छन् । बम विष्फोटको आवाज सुनेपछि त्यस क्षेत्रमा त्रास फैलिएको थियो । अहिले अवस्था सामान्य छ ।

सुरक्षा बल घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्र घेराबन्दी गरेको छ । छिमेकीसँग सोधपुछ भइरहेको छ । यसअघि आइतबार शोपियानको जैनापोरामा आतंकवादीहरूले सीआरपीएफ जवानहरूलाई आक्रमण गरेका थिए ।

यसपछि सीआरपीएफ जवानहरूले जवाफी कारबाही गरे र जवाफी फायरिङमा एक कश्मीरी नागरिक मारिए । स्याउ बिक्रेता शहीद एजाजका रुपमा मृतक नागरिकको पहिचान भएको छ ।

पछिल्लो एक महिनामा कश्मिर उपत्यकामा ११ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । जसकारण जम्मू कश्मीर प्रहरी र सेनाले आतंककारीविरुद्ध कडा अभियान सुरु गरेको छन् ।

मारिएका ११ सर्वसाधारणमध्ये ५ जना बिहारका थिए भने बाँकी ३ जना कश्मीरका अल्पसंख्यक समुदायका थिए । जसमा दुई जना शिक्षक पनि छन् ।

सम्बन्धित खबरहरु