काठमाडौँ । यी युवती हुन् हनी ट्रयापर । उक्त अपराधमा संलग्न रहेको आरोप लागेकी एक युवतीलाई प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको छ ।

हनी ट्रयापिङमा पारी विभिन्न युवाहरुलाई ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गाकी देवी थापा पक्राउ परेकी हुन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो ।

उनले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

त्यतिमात्र होइन, उनले ओखलढुङ्गाकै एक युवालाई खातामा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो ।

खातामा रकम नभएको जान्दाजान्दै ११ लाख ५० हजारको चेक दिएपछि ती युवा युवतीविरुद्ध चेक बाउन्सको उजुरी लिएर परिसर पुगेका थिए । त्यसपछि पक्राउ गरिएको हो ।

 

सम्बन्धित खबरहरु