काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिविले स्नातक तह चौथो बर्षको परीक्षा दिने सबै परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षा दिने व्यस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक परीक्षार्थीहरुको फारम भर्ने म्याद २०७८ साल कार्तिक १० गतेसम्म दिइएकोमा विदा समयमा परीक्षार्थी क्याम्पसमा आई नसकेको कारण उक्त सूचनालाई संसोधन गरि २०७८ साल कार्तिक ११ देखि २०७८ कार्तिक १७ गतेसम्म आ–आफ्नो क्याम्पसमा नियमित शुल्कमा र २०७८ साल कार्तिक मसान्तसम्म दोब्बर दस्तुर लिइ परीक्षा आवेदन फारम भरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु