बुटवल। नेपालमा नै एक दुर्लभ घटना भएको छ । पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया महिलाले चम्ल्याहा सन्तान जन्माउनुभएको छ ।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माउनुभएको हो ।

कात्तिक ६ गते अस्पताल भर्ना हुनुभएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो ।

अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माउनुभएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारैजना शिशु र आमाको अवस्था सामान्य छ । सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ ।

बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको गुरुङले बताउनुभयो । यो विश्वकै एक दुर्लभ घटना हो । अर्बौ जनसंख्यामा कहिलेकाही यस्तो अनौठो घटना विभिन्न ठाउँमा हुने गर्दछ ।

सम्बन्धित खबरहरु