काठमाडौं । देशमा जारी राजनीतिक गतिरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ पर्सि शुक्रबार बेलायत जान लाग्नु भएको हो ।

नोभेम्बर १–२ (कात्तिक १५ र १६ )मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवाले लण्डनमा बेलायती सांसदहरुको एक समूह र र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरमले गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

आइतबार गैरअवासीय नेपाली संघ, भूपू गौर्खा सैनिकहरुको संस्थाका प्रतिनिधि लगायतसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री देउवा सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । सोही दिन उहाँले वल्र्ड लिडर्स समिटलाई सम्बोधन गर्नु हुनेछ ।

त्यसपछि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनद्धारा आयोजना गरिएको रात्रीभोजमा सहभागी हुनुका साथै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्वीपक्षीय भेटमा व्यस्त रहनु हुनेछ । प्रधानमन्त्री देउवा १८ गते स्वेदश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु