काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरबप्रसाद लम्सालको निधन भएको छ । ८४ वर्षको उमेरमा आज विहान करीब चार बजे उहाँको निधन भएको हो ।

उहाँमा विगतमा मुटुसम्बन्धी समस्या भएको र पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भए पछि काठमाडौंको मेडिकेयर अस्पतालमा भर्ना गरिएको उहाँकी भतिजी अमृता लम्सालले बताउनुभयो ।

उहाँ चर्चित तत्कालीन सम्पत्ती छानविन आयोगका अध्यक्ष पनि रहनुभएको थियो । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष हुनुहुन्थ्यो ।

उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । उहाँ स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

सम्बन्धित खबरहरु