काठमाडौं । लामो समयपछि प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजेको लागि बैठक बोलाइएको हो ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले यसबारे जानकारी दिनुभयो । प्रतिनिधि सभा बैठकमा दलित आयोगको प्रतिवेदन पेश हुने जनाइएको छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–०७८’ पेश गर्नुहुने महासचिव गौतमले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद अवरुद्ध गर्दै आएपछि तनाव भइरहेको थियो । आजको संसद बैठक एमालेले चल्न दिन्छ कि दिदैंन भन्ने कुरामा धेरैको चासो रहेको छ ।

आजको बैठकमा पछिल्लो समय चर्चामा रहेका विषयहरुमा पनि बहस हुने अनुमान गरिएको छ ।

देशभर केहि साता पहिले गएको बाढी पहिरोले पुर्याएको क्षति, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरसहित अन्य न्यायाधीशहरुको राजीनामाको विषयले पनि स्थान पाउन सक्ने जनाइएको छ ।

सम्बन्धित खबरहरु